• २०८१ बैशाख १७ सोमबार

विरोधका बाबजुद संचालनमा आयो इतुम्बहाः संग्राहलय

kharibot

काठमाडौं । काठमाडौंको इतुम्बहाःस्थित केशचन्द्र महाविहारमा इतुम्बहाः संग्राहलय संचालनमा आएको छ । 

सम्पदा संरक्षणकर्मी, अभियान्ता तथा स्थानीयको विरोधका बाबजुद शनिबारदेखि संग्राहलय सर्वसाधारणका लागि खुलेको हो । 

पुरातात्विक महत्वका सामग्रीहरुको संरक्षणले नेपालको कला संस्कृतीको प्रर्वद्धनका लागि यो संग्राहलयले महत्वपूर्ण भूमिका खेल्ने केशचन्द्र महाविहार सरक्षण समाजका सचिव रत्न सम्भव शाक्यले बताए ।

संरक्षण हुन नसकेका साम्रगीको संरक्षणका लागि सहयोग लिइएको भन्दै उनले स्थानीयको विरोधको औचित्य नरहेको उनको भनाई छ । 

तर पूर्व मेयर विद्या सुन्दर शाक्यलगायतले भने संग्राहलयको विरोध गर्नेहरुप्रति रोष प्रकट गरेका छन् । 

शहरका विभिन्न ठाउँमा छरिएर रहेका अलपत्र परेका पुरातात्विक सम्पदाहरुको संरक्षणका लागि समेत महत्वपूर्ण भूमिका खेलेको अमेरिकाका चर्चित रुबिन म्युजियमले हराएका सामान समेत फिर्ता दिएकोले उसको विरोध गर्नु आवश्यक नभएको उनीहरुको दाबी छ ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै