• २०८१ बैशाख १६ आइतबार

संगीतले नैतिक भ्रष्टता निम्त्याउँछ भन्दै तालिबानले जलायो वाद्ययन्त्र

kharibot

काठमाडौँ । तालिबानले अफगानिस्तानमा संगीतलाई अनैतिक घोषणा गर्ने तयारी गरेको छ ।

समाचार एजेन्सी एएफपीको रिपोर्टका अनुसार तालिबानले अफगानिस्तानमा वाद्ययन्त्रहरु जलाएको घटना बाहिर आएको छ । घटना यसै सप्ताहन्तको हो, जब अफगानिस्तानको हेरात प्रान्तमा तालिबानले तबला, हर्मोनियम र गिटार जस्ता वाद्ययन्त्रहरू संकलन गरी आगो लगाएको थियो ।

संगीतको प्रवर्द्धनले नैतिक भ्रष्टता निम्त्याउँछ र यसले युवाहरूलाई पथभ्रष्ट बनाउँछ भन्दै तालिबानले विवाहको हलबाट वाद्ययन्त्रहरू बरामद गरेर आगो लगाइदिएको थियो ।

तालिबानले जलाएका वाद्ययन्त्रहरूमा तबला, हर्मोनियम र गिटारका साथै ड्रम, एम्पलीफायर र स्पिकरहरू समावेश रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । 

अगस्ट २०२१ मा सत्तामा आएदेखि नै तालिबानले नैतिकताको हवाला दिँदै लगातार महिला अधिकार खोस्दै आएको छ । संयुक्त राष्ट्र संघले समेत यसप्रति चिन्ता व्यक्त गरेको छ । केहि समय अघि मात्र तालिबानले सबै ब्यूटी पार्लरहरू बन्द गर्ने घोषणा गरेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै