• २०८१ बैशाख १७ सोमबार

दिपेन्द्रको मोन्टरियल ग्लोबल टी-२० को दोस्रो क्वालिफायर्समा

kharibot

काठमाडौँ । मोन्टरियल टाइगर्स ग्लोबल टी-२० को दोस्रो क्वालिफायर्समा पुगेको छ ।

गएराती सम्पन्न खेलमा मोन्टरियलले ब्रम्पटन वोल्भ्सलाई ९ विकेटले पराजित गर्दै मोन्टरियल दोस्रो क्वालिफायर्समा पुगेको हो ।

ब्रम्पटनले दिएको १०५ रनको लक्ष्य पछाएको मोन्टरियलले १४.२ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । त्यस्तै यसअघि ब्रम्पटनले पहिला ब्याटिंग गर्दै २० ओभरमा अल आउट हुदै १०४ रन मात्र बनाएको थियो ।

यस खेलमा नेपाली खेलाडी दिपेन्द्र सिंह ऐरीले ब्याटिंगको अवसर पाएनन् भने बलिङतर्फ एक ओभर बलिङ गर्दै ६ रन दिएर एक विकेट लिएका थिए । त्यस्तै उनले उत्कृष्ट फिल्डिङ गर्दै दुई खेलाडीलाई रन आउट समेत गरेका थिए ।

अब दोस्रो क्वालिफायर्समा मोन्टरियलले इलिमिनेटरमा पराजित भएको भ्यानकोभर नाइट्ससँग खेल्ने छ ।  सो खेलको विजेताले फाइनलमा सर्रे जागुअर्सको सामना गर्ने छ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै