• २०८१ बैशाख १७ सोमबार

दिपेन्द्रको मोन्टरियल ग्लोबल टी-२० को फाइनलमा

kharibot

काठमाडौँ । मोन्टरियल टाइगर्स ग्लोबल टी-२० क्यानाडाको फाइनलमा पुगेको छ ।

गएराती सम्पन्न दोस्रो क्वालिफायर खेलमा भ्यानकोभर् नाइट्सलाई एक विकेटले पराजित गर्दै मोन्टरियल फाइनलमा पुगेको हो । भ्यानकोभरले दिएको १३८ रनको लक्ष्य पछाएको मोन्टरियलले १९.३ ओभरमा ९ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि भ्यानकोभरले पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाउदै १३७ रन बनाएका थिए ।

यस खेलमा नेपाली खेलाडी दिपेन्द्र सिंह ऐरीले २८ बलमा महत्वपूर्ण २५ रन बनाएका थिए । यस खेलमा उनले बलिङ भने गरेनन् ।

अब फाइनल खेलमा मोन्टरियलले सर्रे जागुअर्सको सामना गर्ने छ । फाइनल खेल आज राति नेपाली समय अनुसार ९: ४५ बजेदेखि शुरु हुने छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै