• २०८१ बैशाख १७ सोमबार

ग्लोबल टी-२० को फाइनलमा सन्दीप भर्सेज दिपेन्द्र

kharibot

काठमाडौँ । क्यानाडामा जारी ग्लोबल टी-२० प्रतियोगिताको फाइनलमा नेपाली खेलाडीहरु सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरी आमने सामने हुने भएका छन् ।

आज राति नेपाली समय अनुसार ९: ४५ बजेदेखि हुने फाइनलमा सर्रे जागुअर्स र मोन्टरियल टाइगर्सबीच फाइनल हुने भएपछि सन्दीप र दिपेन्द्र आमने सामने हुने भएका हुन् ।

सर्रेले पहिलो क्वालिफायर्समा भ्यानकोभर नाइट्सलाई पराजित गर्दै  फाइनलको यात्रा तय गरेको हो । त्यस्तै दोस्रो क्वालिफायरमा मोन्टरियलले भ्यानकोभरलाई नै पराजित गर्दै फाइनलमा पुगेको हो ।

यस प्रतियोगितामा सर्रेबाट खेल्दै सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ७ खेलमा ११ विकेट लिएका छन् । सन्दीप सर्बाधिक विकेट लिने खेलाडीको सूचीमा पाँचौं स्थानमा छन् ।

त्यस्तै मोन्टरियलबाट खेल्दै दिपेन्द्रले ७ खेलका ५ इनिंगमा १२७ रन बनाएका छन् भने उनले २ विकेट पनि लिएका छन् । दिपेन्द्र पहिलो पटक नेपाल बाहिरको फ़्रेन्चाइजी टी-२० प्रतियोगिता खेलिरहेका छन् ।
    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै