• २०८१ बैशाख १७ सोमबार

ग्लोबल टी-२० फाइनलमा सर्रेले मोन्टरियललाई दियो १३१ रनको लक्ष्य

kharibot

काठमाडौँ । ग्लोबल टी-२० क्यानडाको फाइनलमा सर्रे जागुअर्सले मोन्टरियललाई १३१ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको सर्रेले २० ओभरमा ५ विकेट गुमाउदै १३० रन बनाएको हो ।

सर्रेका लागि जतिन्दर सिंहले अविजित ५६ रन बनाए भने मोहमद हारिसले २३ रन बनाए । त्यस्तै आयान खानले २६ रन बनाए भने लिटन दासले १२ र कप्तान इफ्तिखार अहमदले ८ रन बनाए ।

त्यस्तै मोन्टरियलका बलर आयान अफजल खानले २ विकेट लिए भने कार्लोस ब्रेथवेट, अब्बास अफ्रिदी र आन्द्रे रासेलले एक एक विकेट लिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै