• २०८१ बैशाख १७ सोमबार

दिपेन्द्रको मोन्टरियलले जित्यो ग्लोबल टी-२० को उपाधि

kharibot

काठमाडौँ । मोन्टरियलले ग्लोबल टी-२० क्यानडाको उपाधि जितेको छ । फाइनलमा मोन्टरियलले सर्रे जागुअर्सलाई ५ विकेटले पराजित गर्दै ग्लोबल टी-२० को उपाधि जितेको हो ।

सर्रेले दिएको १३१ रनको लक्ष्य पछाएको मोन्टरियलले २० ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

मोन्टरियलको जितमा नेपाली खेलाडी दिपेन्द्र सिंह ऐरीले १७ बलमा १६ रन बनाएर रिटायर्ड आउट भएका थिए । दिपेन्द्रले यस सिजनका ८ खेलमा १४३ रन बनाएका छन् ।

यसअघि पहिला ब्याटिंग गरेको सर्रेले २० ओभरमा ५ विकेट गुमाएर १३० रन बनाएको थियो ।

मोन्टरियलले पहिलो पटक ग्लोबल टी-२० को उपाधि जितेको छ । यसअघि २०१९ मा भएको दोस्रो ग्लोबल टी-२० विन्निपेग हाव्क्सले जितेको थियो भने २०१८ को पहिलो ग्लोबल टी-२० भ्यानकोभर् नाइट्सले जितेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै