• २०८१ बैशाख १६ आइतबार

नबिल बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि खरिद गर्न सक्ने

kharibot

काठमाडौ । नबिल बैंकले ४ लाख ८२ हजार ८०८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो । 

सेयर खरिद गर्न इच्छुकले ७ दिनभित्र बैंकको केन्द्रीय कार्यालय तीनधारा, दरबरमार्ग काठमाडौंस्थित कम्पनी सचिवको कार्यालयमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई शिलबन्दी निवेदन पेस गर्नुपर्नेछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै