• २०८१ बैशाख २३ आइतबार

अभिनेत्री नेहा धुपियाले गरिन् आफुभन्दा दुईबर्ष कान्छा अंगदसँग विवाह 

kharibot

मुम्बई । बलिवुड अभिनेत्री सोनम कपुरले घरजम गरेपछि बलिवुडकी अर्की अभिनेत्री नेहा धुपियाले आफ्ना प्रेमी अंगद बेदीसँग विवाह गरेकी छन् ।

केहि समय देखि नेहा र अंगदले डेट गरिरहेको चर्चा आइरहेका बेला नेहाले ट्वीटर मार्फत आफुहरुले विवाह गरेको जानकारी दिएकी छन् । नेहाले विवाह बारे जनाकारी दिदै आफ्नो जीवनको सबै भन्दा राम्रो निर्णय भनेकी छन् ।

अंगद पनि कलकार हुन् तर उनले बलिवुडमा भने कुनै फिल्ममा अभिनय गरेका छैनन् । नेहा र अंगदले एक पंजावी फिल्ममा रंगीलामा सँगै अभिनय गरका थिए । अंगद नेहा भन्दा दुई बर्ष कान्छा रहेका छन् ।

केहि समयदेखि नेहा अंगदसँग सार्वजनिक ठाउहरुमा देखिन थालेपछी दुवैको सम्बन्ध साथिभन्दा बढी भएको बलिवुडमा चर्चा हुन थालेको थियो । 

३७ बर्षिय अभिनेत्री नेहाले हाल आफ्नै टक शो चलाइरहेकी छन् भने पछिल्लो समय बलिवुडमा विभिन्न फिल्ममा अभिनय समेत गरेकी छन् । २०१७ मा हिन्दी मिडियम, तुम्हारी सल्लु, करिब करिब सिंगल जस्ता फिल्ममा अभिनय गरेकी थिइन् भने यस बर्ष उनको बम्बे टाकिज २ फिल्म आउदै छ ।

२००२ कि मिस इंडिया युनिभर्स समेत रहेकी नेहाले टेलिभिजनमा एमटिभी रोडिज जस्तो चर्चित शोमा समेत कम गरेकी छन् ।   

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै