• २०८१ बैशाख १७ सोमबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा १८ जना पीडितको उजुरी

kharibot

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै अरबौं रकम ठगी गर्ने गिरोहविरुद्ध १८ जना पीडितले उजुरी दिएका छन्। पीडितहरूले काठमाडौं अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएका हु्न् ।

उनीहरूले १ करोड ८५ लाख बढी रकम ठगी गरेको भन्दै जाहेरी परेको छ । 

काठमाडौंमा सानु भण्डारी,केशव दुलाल समेतको संयुक्त मिलोमतोमा विभिन्न नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाइ अमेरिका लैजान्छु भनि विभिन्न किसिमको प्रलोभन र विश्वासमा पारी लमजुङ,सुनसरी,सिन्धुपाल्चोक,गोरखा,ललितपुर,चितवन,काठमाडौंलगायत जिल्लाहरुका १८ जना पीडितले उजुरी दिएका हुन् ।

तीनवटा छुट्टाछुट्टै किटानी जाहेरी दरखास्त परेको हुँदा उक्त सक्कल जाहेरी दरखास्तलगायतका कागजातहरू आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म १८ जना बढी व्यक्ति पक्राउ परिसकेका छन् ।

सोही प्रकरणमा पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेस नेता बालकृष्ण खाड,नेकपा एमाले सचिव टोपबहादुर रायमाझीलगायत पक्राउ परेका छन् । उनीहरू हाल पुर्पक्षका लागि थुनामा छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरिरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै