• २०८१ बैशाख २७ बिहीबार

रास्वपा सभापति लामिछाने र चिनियाँ राजदुत सोङबीच भेटवार्ता

kharibot

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ । बुधबार पार्टी कार्यालय बनस्थलीमा सभापति लामिछानेले राजदुत सोङसँग भेटवार्ता गरेका हुन् ।

भेटमा नेपाल र चीनका आपसी चासोका विषयहरूमा छलफल भएको रास्वपाले जनाएको छ । मुलुकको आर्थिक विकास, सुशासन र ग्रामीण विकासका विषयहरूमा छलफल भएको सो अवसरमा राजदुत सोङले उत्तरी सीमा क्षेत्रमा भएको समस्याप्रति ध्यानाकर्षण भएको र सो को यथाशीघ्र समाधानका पहल गरिने बताए । भेटमा सभापति लामिछानेले रास्वपा एक चीन नीतिप्रति अडिग रहेको समेत अवगत गराएका थिए ।

सो भेटमा रास्वपाका सांसद एवम अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल,  केन्द्रीय सदस्यद्वय लिमा अधिकारी र प्रतिभा रावल लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै