• २०८१ बैशाख १७ सोमबार

मुगुमा छैन सर्पदंश उपचारको व्यवस्था

kharibot

मुगु । मुगुमा सर्पदंश उपचारको व्यवस्था नहुँदा सर्पदंशका बिरामीलाई उपचार गर्न समस्या भएको छ ।

पछिल्लो समय तराईमा  देखिने विषालु सर्प पहाड मापनि देखिन थालेको  छ । छायाँनाथ रारा नगरपालिका–१२ का कर्णबहादुर बुढाले सर्पदंश उपचारका लागि जिल्ला अस्पताल  व्यवस्था नरहेको बताए । 

जिल्ला अस्पताल मुगुका प्रमुख डा कमल ढुङ्गानाले सर्पदंश उपचारका लागि तालिम प्राप्त चिकित्सकको अभाव रहेको बताए । उनले भने “एन्टिस्नेक भेनम  र आइसियू र भेन्टिलेटर नहुँदा सर्पदंशका बिरामीको उपचारमा समस्या छ । जिल्ला अस्पतालमा आउने सर्पदंशका  बिरामीलाई उपचारका लागि जिल्लाभन्दा बाहिर पठाउने गरेको ।”

उनका अनुसार हिमाली जिल्लामा विषालु सर्प खासै नहुने भएकाले जिल्ला अस्पतालमा सर्पदंशका बिरामी आउने गरेका छैनन् । छायाँनाथ रारा नगरपालिका–४ कि बैदेवी सेजुवालले गत असार महिनामा सर्पले टोक्दा जिल्ला अस्पतालमा सर्पदंशको उपचार नभएपछि झारफुक विधिबाट उपचार गराउनुपरेको गुनासो गरे । उनले भने“ जिल्ला अस्पतालमा सर्पदंश उपचारको व्यवस्था गरिनुपर्छ ।”

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै