• २०८१ बैशाख १७ सोमबार

ब्रिटनी र साम असघरीको डिभोर्स !

kharibot

काठमाडौँ । अमेरिकी पप स्टार ब्रिटनी स्पीयर्सका पति साम असघरीले आफ्नो वैवाहिक जीवन सकिएको बताएका छन् । इरानी मूलका साम असघारी र ब्रिटनी स्पीयर्सको विवाह १४ महिनाअघि मात्र भएको थियो ।

सामले बुधबार सम्बन्धविच्छेदको निवेदनमा दुवैबीच गहिरो मतभेद भएको उल्लेख गरेका छन् । २९ वर्षीया साम र ४१ वर्षीया ब्रिटनीले सेप्टेम्बर २०२१ मा इन्गेजमेन्ट गरे र जुन २०२२ मा बिवाह गरेका थिए ।

ब्रिटनी स्पीयर्स १६ वर्षको उमेरमा ग्लोबल सुपरस्टार बनेकी थिइन्, जब उनको गीत- बेबी हिट मी वन मोर टाइमले संसारभर जादू सिर्जना गरेको थियो ।

यसपछि उनले टक्सिक, वुमनाइजर र अप्स..डि आइ अगेन एकपछि अर्को हिट गीत दिइन् ।

इन्स्टाग्राममा पोस्ट गर्दै सामले लेखेका छन्- '६ वर्षको प्रेम र एकअर्काप्रतिको प्रतिबद्धतापछि मेरी श्रीमती र मैले हाम्रो यात्रा सँगै अन्त्य गर्ने निर्णय गरेका छौं । हामीले एकअर्काको लागि हाम्रो माया र सम्मान जारी राख्नेछौं र म तिनीहरूलाई सधैं राम्रो कामना गर्दछु ।'

सामले आफुहरुको सम्बन्धको अन्त्य भएको बताएपनि ब्रिटनीले भने अहिलेसम्म प्रतिक्रिया दिएकी छैनन् । तर ब्रिटनीले बुधबार राति एउटा क्रिप्टिक पोस्ट सेयर गर्दै लेखेकी छिन्– ‘मैले हतारमा निर्णय लिएको थिएँ ।;

इरानी-अमेरिकी अभिनेता, मोडेल र फिटनेस ट्रेनर साम असघारीले २०१६ मा उनको गीत स्लम्बर पार्टीको लागि भिडियो शूट गर्दा ब्रिटनी स्पीयर्सलाई भेटेका थिए ।

त्यसपछि साम ब्रिट्नीको साथमा उभिए जब उनले आफ्ना बुबा जेमीसँग अभिभावकत्वको लागि कानुनी लडाई लडेकी थिइन् । यो लडाई ब्रिटनीले अदालतमा जितेपछि दुवैले विवाह गरेका थिए ।

ब्रिटनीले यसै वर्षको अक्टोबरमा आफ्नो आत्मकथा ‘द वुमन इन मी’ ल्याउने क्रममा यो जोडीले सम्बन्ध तोड्दैछ ।

२००४ मा, उनले लास भेगासमा आफ्नो बाल्यकालको साथी जेसन अलेक्जेंडरसँग विवाह गरेकी थिइन् । यो विवाह ५५ घण्टासम्म मात्र चलेको थियो ।

ब्रिटनीले र्यापर केभिन फेडरलाइनसँग दोस्रो विवाह गरिन्  जुन २००४ देखि २००७ सम्म चलेको थियो । फेडरलाइन र ब्रिटनीका दुई बच्चाहरू, जेडेन जेम्स र शन प्रेस्टन छन्, उनीहरु फेडरलाइनसँग रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै