• २०८१ बैशाख १७ सोमबार

बर्दियाबाट श्रीमतीको हत्या आराेपमा एक पुरुष पक्राउ

kharibot

बर्दिया । आफ्नै श्रीमती ४० वर्षीया केस कुमारी विकको हत्या गरेको अभियोगमा बढैयाताल गाउँपालिका-१ सानोडाँफे बस्ने  ५१ वर्षीय कृपाल सुनारलाई  प्रहरीले पक्राउ गरेको छ । 

सुनारले आफ्नै श्रीमतीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै