• २०८१ बैशाख २७ बिहीबार

संगठनात्मक यथास्थितिवादलाई नभत्काउने हो भने पार्टी विसर्जन हुन्छ- उपमहासचिव पोखरेल

kharibot

काठमाडौं । नेकपा माओवादी केन्द्रका उप–महासचिव गिरिराजमणी पोखरेलले, अहिलेकै ढंगले अघि बढ्ने हो भने माओवादी केन्द्रको अस्तित्व संकटमा पर्ने चेतावनी दिएका छन् । 

शनिबार रामवृक्ष यादवको २९ औं स्मृति दिवसको सन्र्दभमा आयोजित कार्यक्रममा पोखरेलले माओवादी कमजोर र ओरालो लागेको भन्दै संगठनात्मक सुदृढीकरण आवश्यक रहेको बताए । 

उनले भने, ‘यदि संगठनात्मकवादको यथास्थितिलाई नभत्काउने हो भने हाम्रो पार्टी विसर्जन हुन्छ र यो इतिहासको विषय बन्छ । यदि यसको विघटनको प्रकृयालाई रोक्ने हो भने संगठनात्मक क्षेत्रको यथास्थितिवादलाई भत्काउनु पर्छ ।’

उनले संगठनात्मकवादको यथास्थितिलाई भत्काउन पहिला विचारको विकास गर्नुपर्ने, विधि र पद्धतिमा नचलेको पार्टीलाई नीति र नियममा चलाउनुपर्ने, आफ्नो वर्ग र आधारभूत समुदायलाई पक्रिनुपर्ने वर्तमानको आवश्यकता भएको बताए ।  

साथै उनले भ्रष्टिकरण र साँस्कृतिक प्रदूषणको विरुद्धमा पार्टीभित्रै संघर्ष नगरेको र जुन वर्गको लागि संघर्ष गरेर आएको हो त्यसैलाई माओवादीले छोडेकोले पार्टी कमजोर अवस्थामा पुगेको तर्क गरे । 

त्यस्तै उनले पार्टी र पार्टी नेतृत्वले आफ्नो दायित्व पूरा नगरेकै कारण नयाँ राजनीतिक पार्टीहरु उदाएको पनि धारणा राखे । 

उनले पार्टी सुदृढिकरणको लागि आठौं महाधिवेशनबाटै प्रयास गरेको भन्दै त्यो महाधिवेशनको डकुमेन्ट सम्म नेता कार्यकर्ताले नपढेको भन्दै उनले आफ, ‘हात उठाउँनुहोस् त आठौं महाधिवेशनको डकुमेन्ट कतिले पढ्नुभएको छ ? यो यर्थाथर्ता हो हाम्रो । तपाइँहरु कसैका पनि हात उठेका छैनन् । महाधिवेशनले पास गरेको डकुमेन्ट हाम्रो साथमा छैन्,जसलाई हामीले बाटो देखाएर हिँड्न पर्ने हो,त्यो चिज नै हामीले पढेका छैनौ । हाम्रो पार्टी नविग्रेर कस्को पार्टी विग्रीनु त ! अहिले बलेसिमा पानीका फोका जस्ता नयाँ पार्टी देखा परेका छन् । तपाइँ हामीले आफ्नो दायित्व निर्वाह नगरेको कारणले गर्दा हो’ पोखरेलले भने । 

कार्यक्रममा उनले नेपाललाई बाह्य शक्तिले भूराजनीतिको क्रिणा स्थल बनाउन खोजेको पनि टिप्पणी गरे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै