• २०८१ बैशाख १५ शनिबार

एशिया कप खेल्ने भारतीय टिमको घोषणा, को को परे ?

kharibot

काठमाडौँ । एशियाका कपका लागि भारतीय टिमको घोषणा भएको छ । अगस्त ३० देखि हुने एशिया कपका लागि भारतले १७ सदस्यीय टिमको घोषणा गरेको हो ।

भारतीय टिममा युवा खेलाडी तिलक बर्मालाई समावेश गरिएको छ भने यस अघि इन्जुरीका कारण टिम बाहिर रहेका श्रेयस अय्यर र केएल राहुलले कमब्याक गरेका छन् । त्यस्तै भारतीय टिममा चर्चित स्पिनर युजवेन्द्र चहललाई समावेश गरिएको छैन ।

एसिया कपका लागि भारतीय टोली: 

रोहित शर्मा (कप्तान), शुभमन गील, इशान किशन (विकेटकिपर), विराट कोहली, श्रेयस अय्यर, सूर्यकुमार यादव, तिलक वर्मा, केएल राहुल (विकेटकिपर), हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, अक्षर पटेल, शार्दुल ठाकुर, कुलदीप यादव, मोहम्मद शमिराह, जसप्रीत बुमराह, मोहम्मद सिराज र प्रसिद्ध कृष्ण ।
त्यस्तै विकेटकिपर सञ्जु सैमसनलाई ब्याकअप विकेटकिपरको रुपमा राखिएको छ ।

एसिया कप अगस्ट ३० बाट सुरु हुनेछ । आयोजक पाकिस्तान र नेपालबीचको पहिलो खेल पाकिस्तानको मुल्तानमा हुनेछ । प्रतियोगिताका ४ खेल पाकिस्तानमा र ९ खेल श्रीलंकामा हुनेछन् । भारतले आफ्ना सबै खेल श्रीलंकामा मात्र खेल्नेछ । भारतको पहिलो खेल सेप्टेम्बर २ मा पाकिस्तानसँग हुनेछ । सेप्टेम्बर ४ मा नेपालसँग खेल्नेछ ।

प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ । ३–३ टोलीलाई २ समूहमा विभाजन गरिएको छ । यहाँबाट ४ टोली छनोट भएर सुपर–४ चरणमा पुग्नेछन् । सुपर–४ चरणबाट २ टोली फाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल सेप्टेम्बर १७ मा कोलम्बोमा हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै