• २०८१ बैशाख १७ सोमबार

किमको उपस्थितिमा उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण

kharibot

काठमाडौँ । शासक किम जोङ उनको उपस्थितिमा उत्तर कोरियाले क्रुज मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाको सरकारी मिडिया केसीएनएले क्रुज मिसाइलको परीक्षण नौसेनाको जहाजबाट गरिएको जानकारी दिएको हो । यो क्षेप्यास्त्र आणविक वारहेड बोक्न सक्षम रहेको विश्वास गरिन्छ ।

उत्तर कोरियाको क्रुज मिसाइल परीक्षणको जानकारी यस्तो समयमा आएको हो जब अमेरिका र दक्षिण कोरियाले आफ्नो वार्षिक युद्धाभ्यास गरिरहेका छन् । उत्तर कोरियाले यो अभ्यासलाई आक्रमणको तयारीका रूपमा हेरिरहेको छ । यसबाहेक किमले पेट्रोल जहाजमा चढेर नौसेनाको हतियार र युद्धको तयारीको पनि जानकारी लिएका थिए ।

तीन दिनअघि क्याम्प डेभिड शिखर सम्मेलनका क्रममा अमेरिका, जापान र दक्षिण कोरियाका नेताबीच भेटवार्ता भएको थियो । उक्त बैठकमा उत्तर कोरियाको बढ्दो मिसाइल र आणविक खतरालाई मध्यनजर गर्दै ब्यालेस्टिक मिसाइल प्रतिरक्षामा आपसी सहयोगका लागि तीन देशबीच सहमति भएको हो ।

किसीएनएको रिपोर्ट अनुसार मिसाइलले आफ्नो लक्ष्यमा प्रहार गरेको थियो । जसले जहाजको तयारी र आक्रमण क्षमता देखाउँछ । एजेन्सीले जारी गरेको तस्बिरमा किमलाई एउटा गस्ती जहाजको माथि उभिएर मिसाइल परीक्षण हेरिरहेको देख्न सकिन्छ । 

किमले जहाज बोर्ड र पानीमुनि हतियार प्रणालीको आधुनिकीकरणका साथै नौसेनाका लागि शक्तिशाली युद्धपोत निर्माण गर्न आफ्नो प्रयासलाई तिब्रता दिने बताउदै मरीनलाई मानसिक र वैचारिक रूपमा बलियो रहन आग्रह गरेका छन् ।

क्षेप्यास्त्र परीक्षणका सम्बन्धमा उत्तर कोरियाले जारी गरेको प्रतिवेदनमा दक्षिण कोरियाका ज्वाइन्ट चिफ अफ स्टाफले क्षेप्यास्त्र परीक्षणको प्रतिवेदनलाई बढाइचढाइ गरिएको र तथ्यको अभाव रहेको बताए । उनले दक्षिण कोरियाको सेनाले उत्तर कोरियाको कुनै पनि उक्साहटसँग जुध्न तयार रहने बताए ।

अमेरिका र दक्षिण कोरियाबीचको ११ दिने अभ्यासको जवाफमा उत्तर कोरियाले थप हतियार परीक्षण सुरु गर्न सक्ने बताइएको छ ।

उत्तर कोरियाले विगतका वर्षहरूमा अमेरिका र दक्षिण कोरियाबीचको सैन्य अभ्यासको निरन्तर निन्दा गर्दै आएको छ। उसले क्षेप्यास्त्र परीक्षणको साथ जवाफ दिएको छ, तिनीहरूलाई आक्रमण अभ्यासको रूपमा वर्णन गरेको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै