• २०८१ जेठ ८ मंगलबार

ललिता निवास प्रकरणमा निर्णयकर्ताहरुलाई सुनपानी छर्किएर जोगाइयो- रवि लामिछाने

kharibot

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ललिता निवास प्रकरणमा निर्णयकर्ताहरुलाई सुनपानी छर्किएर जोगाएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै ललिता निवास प्रकरणमा नम्बरी जग्गा लिएका मालपोतमा गएका कागजपत्र हेरेर पैसा दिएका मानिस र कर्मचारीहरु थुनिएको तर, निर्णयर्तालाई सुन पानी छर्किएर बचाइएको आरोप लगाएका हुन् । 

उनले भने, ‘ललिता निवास जग्गा प्रकरणमा नम्बरी जग्गा लिएका मालपोलमा गएका कागजपत्र हेरेर पैसा दिएका मानिस र कर्मचारीहरु थुनिए । तर, निर्णयर्तालाई सुन पानी छर्कियो । यही हो सरकारको सुशासन ।’

सभापति लामिछानेले यतिका दिनसम्म संसद किन बन्द भयो ? भन्ने प्रश्न गर्दै जनताको आवाज राख्ने थलो बन्द गरिएकोमा प्रश्न गरेका थिए ।

साथै उनले आर्थिक अवस्था टाँट पल्टिन लागेको मुलुकमा सरकार प्रहरीको सरुवामा आँखा लगाएर बसेको आरोप लगाए ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै