• २०८१ बैशाख १६ आइतबार

ललिता निवास जग्गा प्रकरणमा पूर्वमन्त्री गच्छादार र श्रेष्ठलाई सफाई

kharibot

काठमाडौँ । पूर्व उपप्रधानमन्त्री एवं कांग्रेस नेता विजय कुमार गच्छादार र पूर्वमन्त्री डम्बर श्रेष्ठले ललिता निवास जग्गा प्रकरणमा सफाई पाएका छन् ।

विहिबार विशेष अदालतले ललिता निवास जग्गा हिनामिना प्रकरणमा फैसला सुनाउदै पूर्वमन्त्री एवं कांग्रेस नेता गच्छदार र पूर्वमन्त्री श्रेष्ठलाई सफाई दिएको हो ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्न संलग्न रहेको अभियोगमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध २३ माघ २०७६ सालमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

गच्छदारमाथि २०६६ सालमा भौतिक योजना तथा निर्माण मन्त्री हुँदा भ्रष्टाचार गरेको आरोप लागेको थियो । 

२०६६ साल चैत २९ गते मन्त्रिपरिषद्को बैठकको प्रस्ताव नं.३ मा प्रधानमन्त्री निवास विस्तार र मोही व्यवस्थापनको विषय थियो । सो प्रस्ताव तयार पार्नेमा भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव दीप बस्न्यात थिए भने उपप्रधानमन्त्रीसमेत रहेका गच्छदारले त्यसलाई स्वीकृत गरेका थिए ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै