• २०८१ बैशाख २१ शुक्रबार

भारतले बनायो इतिहास: चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ को सफल अवतरण

kharibot

काठमाडौँ । भारतले चन्द्रमा प्रक्षेपण गरेको चन्द्रयान–३ को ल्यान्डरले चन्द्रमाको दक्षिणी ध्रुवमा पाइला टेकेको छ ।

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) को महत्वाकांक्षी तेस्रो चन्द्र अभियान बुधबार साँझ चन्द्रयान–३ को ल्यान्डर मोड्युल (एलएम) चन्द्रमाको सतहमा अवतरण गरेको हो । 

यसले चन्द्रमाको अन्तिम कक्षबाट २५ किलोमिटरको यात्रा २० मिनेटमा पूरा गर्दै ल्यान्डर बिस्तारै तल ओर्लिएको थियो ।

अन्ततः ल्यान्डरले बुधबार साँझ सवा ६ मा चन्द्रमामा पहिलो पाइला राखेको थियो । अमेरिका, पूर्व सोभियत संघ र चीनले चन्द्रमाको सतहमा ‘सफ्ट ल्यान्डिङ’ गरे पनि चन्द्रमाको दक्षिणी ध्रुवीय क्षेत्रमा भने ‘सफ्ट ल्यान्डिङ’ गर्ने पहिलो देश भारत बनेको छ । 

यो चन्द्रमाको कुनै पनि भागमा सवारी साधन अवतरण गर्ने चौथो देश बनेको छ । यसअघि अमेरिका, सोभियत संघ र चीनले मात्रै यस्तो सफलता हासिल गरेका थिए ।

अब ल्याण्डर अवतरण पछि धुलो सेटल भएपछि ल्याण्डर अँ हुने छ र कम्युनिकेसन गर्ने छ । त्यसपछि र्‍याम्प खुल्नेछ र प्रज्ञान रोभर र्‍याम्पबाट चन्द्रमाको सतहमा आउने इसरोले जनाएको छ । त्यसपछि ल्याण्डरका पाङ्ग्राहरूले चन्द्रमाको सतहमा अशोक स्तम्भ र इसरोको लोगोको छाप छोड्नेछ ।

विक्रम ल्यान्डरले प्रज्ञान र विक्रमको प्रज्ञानको फोटो खिच्नेछ र तिनीहरूले यो फोटो पृथ्वीमा पठाउने इसरोले जानकारी दिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै