• २०८१ बैशाख २४ सोमबार

काठमाडौँमा मोदीको नागरिक अभिनन्दन सुरु (लाइभ)

kharibot

काठमाडौं । काठमाडौँ महानगरपालिकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दिने नागरिक अभिनन्दन कर्य्र्कम सुरु सुरु भएको छ ।

कार्यक्रममा परराष्ट्रमन्त्री, प्रदेश ३ का मुख्यमन्त्री , अन्य मन्त्री र सचिवहरु, काठमाडौं जिल्लाका दश जना सांसद् र प्रदेशसभाका २० जना सांसद्हरु उपस्थित रहेको छ ।

कार्यक्रममा पूर्वमेयरहरु, काठमाडौँ जिल्लाका मेयरहरु, सुरक्षा निकायका प्रमुखहरु पर्यटन बोर्डदेखि नेपाल वायुसेवा निगम लगायतका सार्वजनिक संस्थानका प्रमुखहरु, बैंकका सीईओहरु, समाजका प्रभुत्व व्यक्तित्वहरु, वरिष्ठ पत्रकारहरु, उद्योग वाणिज्य महासंघका व्यक्तित्वहरु, कलाकारहरु, प्राज्ञहरु, स्थानीय कला संस्कृतिका अगुवा तथा प्रवद्र्धकहरु, कूटनीतिक नियोगका प्रमुखहरु, महानगरका वरिष्ठ अधिकारी, वडाका प्रतिनिधिहरु गरेर सभागृहको सिटअनुसार ५ सय जनाको उपस्थिति रहने महानगरले जनाएको छ । 

मोदीलाई कलात्मक साँचो र बुद्धको मूर्ति उपहार

भारतीय प्रधानमन्त्री मोदीलाई महानगरले कलात्मक साँचो हस्तान्तरण गर्ने कार्यक्रम गरिदै छ । स्वागत गीतपछि प्रमुखले नागरिक अभिनन्दन पत्र पढेर सुनाउने र हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । 

त्यसपछि बुद्धको मूर्ति र झ्याल उपहार दिने र त्यसपछि प्रधानमन्त्रीको सम्बोधन हुने र धन्यवाद मन्तव्य काठमाडौँ महानगरका प्रशासकीय अधिकृतले दिनेछन् । योसँगै कार्यक्रम समापन हुनेछ । त्यसपछि महानगरपुस्तिकामा प्रधानमन्त्रीले हस्ताक्षर गरी विदाइ गर्ने कार्यक्रम हरेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै