• २०८१ बैशाख १५ शनिबार

मोदीको नागरिक अभिनन्दन नेपाली सञ्चारकर्मीद्वारा बहिष्कार

kharibot

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नागरिक अभिनन्दन गर्ने राष्ट्रिय सभा गृहको कार्यक्रम नेपाली सञ्चारकर्मीले बहिष्कार गरेका छन् ।

अभिनन्दनस्थल राष्ट्रिय सभागृहमा प्रवेशमा भेदभाव गरेको भन्दै नेपाली सञ्चारकर्मीले कार्यक्रम बहिष्कार गरेका हुन्।

दुई दिने नेपाल भ्रमणमा रहेका मोदी जाने स्थलको प्रेस पास परराष्ट्र मन्त्रालयले यसअघि नै वितरण गरेको थियो । तर सो पासलाई मान्यता नदिई भारतीय सुरक्षा अधिकारीले नेपाली एवं अन्य अन्तर्राष्ट्रिय सञ्चार माध्यमका प्रतिनिधिलाई राष्ट्रिय सभागृह प्रवेशमा रोकटोक गर्न थालेपछि सञ्चारकर्मी विरोधमा उत्रिएका हुन् ।

सभागृहमा काठमाडौं महानगरपालिकाले मोदीलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय गरिएको छ। भित्र प्रवेशमा भेदभाव गरेको विरोधमा मोदी आउने सडकमा क्यामेरा 'डाउन' गरेर सञ्चारकर्मीले प्रदर्शन गरिरहेका छन् ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै