• २०८१ बैशाख १५ शनिबार

भारतीय प्रधानमन्त्री मोदी स्वदेश फिर्ता

kharibot

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिनको नेपाल भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् ।

शुक्रबार जनकपुरबाट नेपालको भ्रमण सुरु गरेका मोदीले शुक्रबार जानकी मन्दिरमा विषेश पूजा गरेका थिए भने प्रदेश नम्बर २ मा नागरिक अभिनन्दनमा सहभागी भएर मोदी शुक्रबार नै काठमाडौं फर्किएका थिए ।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनसँग शिष्टाचार भेटवार्त गरेका थिए भने प्रधानमन्त्री केपी शर्मा ओलीसँग र संयुक्त प्रतिनिधिमंडलसँग शुक्रबार नै छलफल गरेका थिए । शुक्रबार नेपालका पुर्वप्रधानमन्त्रीहरुलाई संयुक्त रुपमा भेटेका मोदीले प्रधानमन्त्री ओलीसँग संयुक्त रुपमा अरुण तेस्रो जलविद्युतको सिलान्यास गरेका थिए ।

शनिबार मुस्ताङको मुक्तिनाथको यात्रा गरेका मोदी शनिबार बिहान पशुपतिनाथ मन्दिर पुगेर पुजा समेत गरेका थिए ।

मोदीले शनिबार नै नेपाली कांग्रेस, माओवादी केन्द्र, फोरम तथा राजपाका नेताहरुसँग पनि भेटवार्ता गरेका थिए ।

त्यस्तै शनिबार नै मोदीलाई काठमाडौं महानगरपालिकाले राष्ट्रियसभा गृहमा नागरिक अभिनन्दन गरिएको थियो । 

मोदीले स्वदेश फर्किने क्रममा यस भ्रमण मार्फ़त भारत-नेपाल सम्बन्धमा नयाँ उर्जा थपिएको बह्न्दै नेपाली जनता तथा नेपाल सरकारले देखाएको न्यानोपनको लागि आभार प्रकट गरेका छन् ।

मोदीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मोदीलाई बिदाई गरेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै