• २०८१ बैशाख २१ शुक्रबार

फिलिप कोटिन्हो कतारी लिगमा जाने तयारीमा

kharibot

काठमाडौँ । ब्राजिलका अट्याकिङ मिडफिल्डर फिलिप कोटिन्हो कतारी लिगबाट खेल्ने भएका छन् ।

हाल प्रिमियर लिग क्लब एस्टन भिल्लामा रहेका कोटिन्होलाई कतारको क्लब अल दुहैलले भित्र्याउने भएको हो । मिडिया रिपोर्टका अनुसार कोटिन्हो कतारी क्लबबाट खेल्न राजी बह्येका छन् र अब सम्झौता अन्तिम चरणमा पुगेको बताइएको छ ।

बार्सिलोनाबाट २०२१-२२ सिजनको मध्यमा लोनमा एस्टन भिल्ला आएका कोटिन्होलाई भिल्लाले २०२२-२३ सिजनदेखि आफ्नो बार्सिलोनासँग किनेको थियो । भिल्लाले गत सिजनमा युइएफए कन्फेरेन्स लिगमा स्थान सुरक्षित गरेपनि कोटिन्हो इन्जुरिका कारण प्रदर्शन राम्रो हुन सकेन । उनले गत सिजनमा केवल २० खेल खेले भने एक गोल मात्र गरेका थिए ।

अल दुहैल कतारको सफल क्लब मध्ये एक हो । अल दुहैल गत सिजनको च्याम्पियन हो भने एशियन च्याम्पियन्स लिगमा साउदी क्लब अल नासरसँग एकै समुहमा रहेको छ । अहिलेसम्म ८ पटक कतारी लिग जितेको अल दुहैलको प्रशिक्षकमा अर्जेन्टिनाका हेर्नान क्रेस्पो रहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै