• २०८१ बैशाख १६ आइतबार

सिरी ए मा एसी मिलानको लगातार दोस्रो जित

kharibot

काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत एसी मिलानले लगातार दोस्रो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा एसी मिलानले टोरिनोलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

एसी मिलानको जितमा ओलिभर जिराउडले दुई गोल गरेका थिए भने क्रिस्टियन पोलिसिक र थियो हर्नानडेजले एक एक गोल गरेका थिए ।

त्यस्तै टोरिनोका लागि पेर चुर्सले एक गोल फर्काएका थिए ।

यो जितपछि एसी मिलानको २ खेलमा ६ अंक भएको छ भने टोरिनोको २ खेलमा एक अंक रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै