• २०८१ बैशाख २१ शुक्रबार

संघीयता जोगाउन सरकार प्रतिबद्ध देखिएन- विमलेन्द्र निधी

kharibot

जनकपुरधाम । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधीले संघीयता बचाउन र संघीय कानुन कार्यान्वयनमा केन्द्रीय सरकार प्रतिबद्ध नरहेको बताएका छन्।

जनकपुरधामको श्री महाविर युवा किमिटिको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुका लागि आयोजित पदभार तथा शपथग्रहण र प्रमाणपत्र वितरण समारोहलाई सम्बोधन गर्दै निधिले संघीयताको संरक्षणका लागि शान्तिपूर्ण संवैधानिक लडाइँ लड्नुपर्ने आवश्यकता रहेको टिप्पणी गरे । 

नेता निधीले एक समय मधेश माने कांग्रेस र कांग्रेस माने मधेस बुझिए जस्तै पुनः सोही नारा र माहोल बनाउन जुट्नुपर्ने आवश्यकता रहेकोसमेत औल्याए ।

जनकपुरधाममा आधुनिकतालाई स्वीकार गर्दै आर्थिक गतिविधिहरु हुनुपर्ने बताउँदै उनले महाविर युवा कमिटी जस्ता यहाँका युवाहरुले समाजिक गतिविधि बढाउनुपर्ने र समाजमा योगदान दिएकाहरुको खोजी गरी सम्मान गर्नुपर्ने बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै