• २०८१ बैशाख २० बिहीबार

अनामनगरका अवैध संरचनामा महानगरले चलायो डोजर

kharibot

काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबार अनामनगरस्थित धोबी खोलाको मापदण्ड मिचेर बनाइएका संरचना हटाएको छ ।

भाटभटेनी नजिकैको पुलबाट थापा गाउँ तिरको उत्तरतर्फ करिब दुई रोपनी क्षेत्रफलमा बनाइएका अवैध संरचनामा डोजर चलाएको हो । उनका अनुसार त्यहाँ मोटर साइकल ग्यारेज र चमेनागृह सञ्चालनमा थिए । संरचना हटाउन महानगरले ठूलो संख्यामा नगर प्रहरीको उपस्थित गराएको थियो । 

बाँकी खोला किनारका अन्य अवैध संरचना हटाउने कामलाई निरन्तरता दिने महानगरले बताएको छ । 

यसअघि महानगरले अनामनगरमा सार्वजनिक जग्गा मिचेर संरचना निर्माण गरेको भन्दै भद्रकुमारी घलेको सेवा सदनमा डोजर चलाएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै