• २०८१ बैशाख १५ शनिबार

बक्स अफिसमा गदर-२ को अर्को किर्तिमान

kharibot

काठमाडौँ । बलिवुडको सन्नी देओलको फिल्म गदर–२ ले नयाँ बक्स अफिसमा हरेक दिन नयाँ किर्तिमान बनाइरहेको छ ।  गदर-२ ले आइतबार १६.१० करोडको कमाई गरेसँगै भारतीय बक्स अफिसमा सबैभन्दा छिटो ४५० करोड कमाउने फिल्म बनेको छ । फिल्मको कुल कलेक्सन अहिले ४५६ करोड भारु रहेको छ ।

यसअघि शाहरुख खानको ‘पठान’ ले १८ दिनमा यस्तो उपलब्धि गरेको थियो । योसँगै ‘बाहुबली–२’ को हिन्दी संस्करणले भारतीय बक्स अफिसमा ४५० करोडको व्यापार गर्न २० दिन लगाएको थियो । गदर–२ ले १७ दिनमा ४५६ करोड कमाएको छ ।

आयुष्मान खुरानाको ड्रीम गर्ल २ रिलिज भएपछि तेस्रो साता गदर–२ को कमाइ सुस्त हुने ट्रेड विश्लेषकको विश्वास थियो तर त्यसो भएको छैन । शुक्रबारको आम्दानीमा कमी आए पनि शनिबार र आइतबार फेरि कमाईको नयाँ रेकर्ड कायम गरेको छ ।

गदर–२ ले तेस्रो साताको अन्त्यमा ३६.९५ करोडको व्यापार गरेको छ, जुन आफैंमा किर्तिमान हो ।

यसअघि गदर–२ ले केजीएफ–२ को किर्तिमान पनि तोडेको थियो । यो शनिबार सबैभन्दा धेरै कमाउने तेस्रो हिन्दी फिल्म बनेको थियो । अहिले यो फिल्मभन्दा अगाडि दुईवटा सबैभन्दा बढी कमाउने हिन्दी फिल्म छन् । पठान ५४३ करोड कमाएर शीर्ष स्थानमा छन् । योसँगै बाहुबली–२ ५१० करोड कमाएर दोस्रो नम्बरमा छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै