• २०८१ बैशाख २१ शुक्रबार

फ्रान्सको सरकारी विद्यालयमा छात्राहरूलाई पूर्ण बुर्का लगाउन प्रतिबन्ध

kharibot

पेरिस । फ्रान्सले सरकारी विद्यालयमा छात्राहरूलाई पूर्ण बुर्का लगाउन प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

फ्रान्सेली शिक्षामन्त्री गेब्रियल एटोलले सरकारी विद्यालयमा पूर्ण बुर्का लगाउन नपाइने निर्णय गरेको जानकारी दिएका हुन् ।

कक्षाकोठामा हिँड्दा आफ्नो धार्मिक पहिचान लगाउने लुगाले निर्धारण नगर्ने उनको भनाइ छ । यो कदम फ्रान्सेली विद्यालयहरूमा पूर्ण बुर्का लगाउने बहसपछि आएको हो, जहाँ महिलाहरूलाई हिजाब लगाउन लामो समयदेखि प्रतिबन्ध लगाइएको थियो ।

फ्रान्सले २००४ मा स्कूलहरूमा हेडस्कर्फ र २०१० मा सार्वजनिक रूपमा पूर्ण अनुहारको बुर्का लगाउन प्रतिबन्ध लगाएको थियो । जसका कारण फ्रान्समा बसोबास गर्ने ५० लाख मुस्लिम समुदायमा अझै आक्रोश छ । फ्रान्सका सार्वजनिक विद्यालयहरूमा ठूला क्रसहरू, यहूदी किप्पा र इस्लामिक हेडस्कार्फहरू पनि अनुमति छैन ।

फ्रान्सेली दक्षिणपन्थी र दूर-दक्षिणहरूले पूर्ण बुर्कालाई प्रतिबन्ध लगाउन सरकारलाई दबाब दिएका थिए, जबकि वामपन्थीहरूले भने यसले मानिसहरूको स्वतन्त्रता हनन हुने बताउदै आएका थिए । 

फ्रेन्च काउन्सिल अफ द मुस्लिम फेथ, धेरै मुस्लिम संगठनहरू मिलेर बनेको राष्ट्रिय निकायले कपडाले मात्र कसैको धार्मिक पहिचान निर्धारण नगर्ने बताएको छ । 

गत वर्ष साउदी अरबको शिक्षा विभागले पनि परीक्षा हलमा छात्राहरूले पूर्ण बुर्का लगाउन नपाउने निर्णय गरेको थियो । यो साउदी अरेबियाका महिलाहरूको परम्परागत पोशाक हो ।

विद्यालय वा कलेजले तोकेको पोशाक लगाउने विद्यार्थीलाई मात्र परीक्षा हलमा प्रवेश दिइने आदेश दिइएको थियो । यो पोसाक सरकारले तोकेको नियमबमोजिम हुनुपर्ने र सार्वजनिक स्थानमा लगाउन कुनै समस्या नहोस् भन्ने कुरामा ध्यान दिनुपर्ने आदेशमा उल्लेख थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै