• २०८१ बैशाख १५ शनिबार

फ्रान्ससहित ६ देशको पासपोर्ट विश्वकै शक्तिशाली, नेपालको कस्तो छ वरियता ?

kharibot

काठमाडौँ । फ्रान्ससहित जर्मनी, इटाली, जापान, सिंगापुर र स्पेनको पासपोर्ट विश्वको सबैभन्दा शक्तिशाली पासपोर्ट बनेको छ । अर्थात् यी देशका नागरिकले बिना भिसा १९४ देशको यात्रा गर्न सक्छन् । पासपोर्ट र्याङ्किङ जारी गर्ने संस्था हेन्ले एन्ड पार्टनर्सले सन् २०२४ को लागि हेन्ली पासपोर्ट सूचकांक जारी गरेको छ ।

यस सूचीमा गत बर्ष सिंगापुर मात्र शिर्ष स्थानमा रहेको थियो ।  त्यसैगरी फिनल्याण्ड र स्विडेन यस सूचीमा दोस्रो स्थानमा रहेका छन् । यी देशका नागरिकले १९३ देशमा अग्रिम भिसा नलिएर नै यात्रा गर्न सक्छन ।

त्यस्तै अस्ट्रिया, डेनमार्क, आयरल्याण्ड र नेदरल्याण्डस यस सूचीमा तेस्रो स्थानमा छन् र यी देशका नागरिकले १९२ देशमा अग्रिम भिसा नलिएर नै यात्रा गर्न सक्छन । त्यस्तै बेल्जियम, लक्जेम्बर्ग, नर्वे, पोर्चुगल र बेलायत चौथो स्थानमा रहेका छन् र यी देशका नागरिकले १९१ देशमा अग्रिम भिसा नलिएर नै यात्रा गर्न सक्छन ।

यस सूचीमा क्यानाडा र अमेरिका सातौं स्थानमा रहेका छन् । 

त्यस्तै नेपालको पासपोर्ट भने यस सूचीमा ९८औं स्थानमा रहेको छ । नेपालसँगै ९८औं स्थानमा प्यालेस्टाइन टेरोटरी, लिबिया रहेका छन् । नेपाली नागरिकले विश्वका ४० देशमा पहिला भिसा नलिएर नै जान सकिन्छ । गत बर्ष नेपाल ९९औं स्थानमा रहेको थियो । नेपाल विश्वकप सबैभन्दा कमजोर पासपोर्टको सूचीमा सातौं स्थानमा छ ।

यस सूचिको पुछारमा अफगानिस्तान रहेको छ ।

सार्क देशको पाकिस्तान यस सूचीमा १०१औँ स्थानमा छ भने बंगलादेश ९७औं, श्रीलंका ९६औं र  भुटान यस सूचीमा ८७औँ स्थानमा छ । त्यस्तै भारत यस सूचीमा ८०औं स्थानमा रहेको छ  र भारतका नागरिकले ६२ देशमा पहिला भिसा नलिएर यात्रा गर्न सक्छन । यस सूचीमा अर्को छिमेकी देश चीनको पासपोर्ट भने ६२औं स्थानमा रहेको छ ।

पासपोर्टको वरियता कसरी निर्धारण गरिन्छ ?

यो वरीयता वर्षमा दुई पटक जारी गरिन्छ । सूचकांक पहिलो पटक जनवरीमा र दोस्रो पटक जुलाईमा जारी गरिन्छ । हेन्ले पासपोर्ट भिसा इन्डेक्सको वेबसाइट अनुसार रियलटाइम डाटा वर्षभरि अद्यावधिक गरिन्छ । यो सूची जारी गर्दा भिसा नीतिमा गरिएका परिवर्तनहरूलाई पनि ध्यानमा राखिएको छ । तथ्याङ्क अन्तर्राष्ट्रिय यातायात संघबाट लिने गरिन्छ ।

एक देशको राहदानी धारकले भिसा नलिइकन अन्य कति देशको यात्रा गर्न सक्छन् भन्ने आधारमा यो श्रेणी निर्धारण गरिन्छ । यसका लागि उनले पहिले भिसा लिनु पर्दैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै