• २०८१ बैशाख १७ सोमबार

एमसीसीका उपाध्यक्ष अल्फोर्ड काठमाडौँमा

kharibot

काठमाडौँ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष क्यामरुन अल्फोर्ड काठमाडौँ आइपुगेका छन् ।

बुधबारबाट नेपालमा उर्जा र सडक पूर्वाधार विकासमा ५०० मिलियन डलरको अमेरिकी अनुदान सहयोग परियोजना एमसीसी सम्झौता कार्यान्वयनमा जान लागेको अवसरमा उपाध्यक्ष अल्फोर्ड काठमाडौँ आइपुगेका हुन् ।

एमसीसी सम्झौता अनुसार भदौ १३ गतेदेखि ५ वर्षमा अर्थात २०८५ साल भदौ १३ भित्रमा उक्त परियोजना सम्पन्न गर्नुपर्ने हुन्छ । 

काठमाडौँमा रहदा अल्फोर्डले उच्चस्तरीय भेटवार्ता समेत गर्ने बुझिएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै