• २०८१ बैशाख १६ आइतबार

सिन्धुलीबाट २० किलो अवैध चाँदीसहित दुई जना पक्राउ

kharibot

सिन्धुली । बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ खनियाँखर्कबाट मगंलवार २० किलोग्राम अवैध चाँदीसहित प्रहरीले दुई जनालाई  पक्राउ गरेको छ।

प्रहरी चौकी गढीबाट खटिएको प्रहरी टोलीले विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२५ च १०६९ नम्बरको कारकोमा लुकाई छिपाई राखेको २० किलोग्राम अवैध चाँदीसहित दुई जनालाई पक्राउ गरेको हो।

बरामद गरिएको चाँदीको हालको मूल्य २४ लाख ६१ हजार ७६० रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका– ५ बस्ने रोहीत कुमार यादव र सप्तरीको राजविराज नगरपालिका –८ घरभई विराटनगर महानगरपालिका– ४ बस्ने ३७ बर्षका शेचन मानन्धर रहेका छन्।

नियन्त्रणमा लिएको चाँदी थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशव कटुवालले जानकारी दिए।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय