• २०८१ बैशाख २४ सोमबार

माओवादीको तीन महिने अभियानको आज उदघाटन

kharibot

काठमाडौं । नेकपा माओवादी केन्द्रको तीन महिने अभियान आजवाट सुरु हुदैँछ । 

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’’ काे भर्चुअल माध्यमबाट देशका सबै वडाहरूमा एकसाथ उद्घाटन गर्नेछन् ।

माओवादी केन्द्रिय कार्यालयका अनुसार अध्यक्ष प्रचण्डले बिहान ९  बजे भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पार्टी मुख्यालय पेरिसडाँ‍डावाट अध्यक्ष दाहालले सो सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सो अघि अध्यक्ष दाहालले चन्द्रागिरी नगरपालिका–२ घट्टेडाँडा पार्कवाट अभियानको उदघाटन सम्बोधन गर्ने कार्यक्रम तय गरिएको केन्द्रिय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिएका थिए  ।  

उनका अनुसार अध्यक्ष दाहालको उक्त सम्बोधन फेसबुक, युट्युव लगायतका बिभिन्न भर्चुअल माध्यमबाट सुन्न र हेर्न सकिने ब्यवस्था मिलाईएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै