• २०८१ बैशाख १६ आइतबार

नेपाल र भारतबीचको क्रिकेट हेर्न जनकपुरका बिद्यालय बन्द गरिने

kharibot

जनकपुरधाम । नेपाल र भारतबीच हुने ऐतिहासिक खेल हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले आज विद्यालयमा बिदाको घोषणा गरेको छ ।

उपमहानगरपालिकाको शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख अन्जु पाण्डेयले जारी गरेको सूचना अनुसार आज २ बजेपछि कुनै पनि कक्षा संचालन नगर्न सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयलाई निर्देशन गरेकी छिन । 

‘जनकपुरधाम उप महानगरपालिका अन्तर्गत राम जानकी बहुउद्देशीय अन्तराष्ट्रिय रंगशाला निर्माण, विद्यार्थीहरूमा खेल भावना र एशिय कपमा नेपाल र भारत सँग हुने खेलमा नेपाल गौरवान्वित महशुश गरेकोले टिमको हौसल बढाउन कुनै पनि कक्षा संचाल नगरी बिदा गरिदिनुहुन आदेशानुसार अनुरोध छ,’ उपमहानगरपालिकाले निर्देशनमा उल्लेख गरिएको छ । 

आज एसिया कपमा भारत–नेपाल बिच प्रतिस्पर्धा हुदैँछ । खेल नेपाली समय अनुसार दिउँसो ३: १५ मा श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै