• २०८१ बैशाख २२ शनिबार

महिला विश्वकप छनौट: नेपाल र युएईबीचको खेल बर्षाले रद्ध

kharibot

काठमाडौ । महिला टी-२० विश्वकपको एशिया छनौट खेल अन्तर्गत नेपाल र युएईबीचको खेल बर्षाले रद्ध भएको छ । मलेसियाको बायुएमास ओभल मैदानमा लगातार बर्षा भएपछि खेल रद्ध भएको हो ।

योसँगै समुह ए बाट युएई ५ खेलमा ९ अंकसहित समुह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ भने नेपाल पनि ५ खेलमा ८ अंकसहितनै रनरेटका आधारमा दोस्रो हुदै सेमिफाइनलमा पुगेको छ ।

अब समुह बी का आज हुने खेलबाट सेमिफाइनलमा युएई र नेपालका प्रतिद्वन्दीको तय हुने छ ।

सेप्टेम्बर ९ सम्म संचालन हुने यस एशिया छनौटमा १२ देशले भाग लिएका छन् । जसमा नेपाल समुह ए मा रहेको छ ।

समुह ए मा नेपालसहित बहराइन भुटान, मलेसिया, कतार र युएई रहेका छन् । त्यस्तै समुह बी मा चीन, हङकङ, कुवेत, म्यान्मार र थाइल्याण्ड रहेका छन् । त्यस्तै समुह बी बाट हङकङ सेमिफाइनलमा पुगिसकेको छ भने सेमिफाइनलमा पुग्न थाइल्याण्ड र कुवेत प्रतिष्पर्धामा रहेका छन्  ।  

दुवै समुहबाट शिर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् भने फाइनल पुग्ने दुई देश विश्वकपका लागि छनौट हुने छन् । सेमिफाइनलका खेल सेप्टेम्बर ८ मा हुने छन् भने प्रतियोगिताको फाइनल खेल सेप्टेम्बर ९ मा हुने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै