• २०८१ बैशाख २२ शनिबार

महिला विश्वकप छनौटको सेमिफाइनलमा नेपालले आज थाइल्याण्डको सामना गर्दै

kharibot

काठमाडौ । महिला टी-२० क्रिकेट विश्वकपको एशिया छनौट खेलको सेमिफाइनलमा नेपालले आज थाइल्याण्डसँग खेल्दै छ ।

यो खेल मलेसियाको बायुएमास ओभल मैदानमा नेपाल समय अनुसार ७:१५ बजेदेखि शुरु हुदै छ । विश्वकपमा छनौट हुन नेपालले आज थाइल्याण्डलाई पराजित गर्नैपर्ने दबाब हुने छ । 

सोहि समयमा अर्को सेमिफाइनल खेलमा युएई र हङकङ पनि भिड्दैछन् ।   

समुह चरणका खेल सकिएसँगै नेपाल समुह ए बाट उपविजेता हुदै सेमिफाइनलमा पुगेको छ । अब नेपालले समुह ए को विजेता टिम थाइल्याण्डसँग खेल्ने भएको छ ।

थाइल्याण्डले आज हङकङलाई पराजित गरेपछि समुह विजेता हुदै सेमिफाइनलमा पुगेको हो ।

महिला ती -२० विश्वकपको एशिया छनौटमा १२ देशले भाग लिएका छन् । जसमा नेपाल समुह ए मा रहेको छ । समुह ए मा नेपालसहित बहराइन भुटान, मलेसिया, कतार र युएई रहेका थिए । त्यस्तै समुह बी मा चीन, हङकङ, कुवेत, म्यान्मार र थाइल्याण्ड रहेका थिए । 

अब फाइनल पुग्ने दुई देश विश्वकपका लागि छनौट हुने छन् भने प्रतियोगिताको फाइनल खेल सेप्टेम्बर ९ मा हुने छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै