• २०८१ बैशाख २२ शनिबार

महिला विश्वकप छनौटको एशिया क्षेत्रको विजेता बन्यो युएई

kharibot

काठमाडौं । आईसीसी महिला टी -२० विश्वकप एसिया क्षेत्र छनोटको उपाधि युएईले जितेको छ । शनिबार सम्पन्न फाइनलमा थाइल्यान्डलाई ६ रनले पराजित गर्दै यूएई च्याम्पियन बनेको हो ।

मलेसियाको बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७० रन बनाएको थियो । जितका लागि ७१ रनको सामान्य लक्ष्य पछ्याएको थाईल्यान्ड १७.५ बलमा ६४ रनमा अलआउट भएको थियो । 

फाइनल खेलेका युएई र थाईल्यान्ड आगामी वर्ष हुने टी–२० विश्वकप ग्लोबल छनोटमा स्थान सुरक्षित गरिसके छन् ।

नेपाल भने सेमिफाइनलमा थाईल्यान्डसँग ४६ रनले पराजित हुँदै बाहिरिएर ग्लोबल छनौटमा पुग्न चुकेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै