• २०८१ बैशाख १७ सोमबार

एशिया कपको सुपर फोरमा आज भारत र पाकिस्तानबीच भिडन्त

kharibot

काठमाडौँ । एशिया कप अन्तर्गत सुपर चारको खेलमा आज भारत र पाकिस्तानबीच भिडन्त हुदैछ ।

यो खेल श्रीलंकाको आर प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार अपराहन्न ३: १५ बजेदेखि खेल हुदै छ । सुपर फोर अन्तर्गत पाकिस्तानले यसअघि बंगलादेशलाई पराजित गरेको छ भने भारतले सुपर फोरमा पहिलो खेल खेल्दै छ ।

यस एशिया कपमा भारत र पाकिस्तानबीच दोस्रो पटक भिडन्त हुदैछ । समुह चरणमा भएको खेल बर्षाले रद्ध भएपछि दुवैले बाँडेका थिए । सो खेलमा भारतले पहिला ब्याटिंग गरेर २६६ रन बनाएपनि बर्षाले पाकिस्तानको ब्याटिंग शुरु नै हुन सकेको थिएन ।

'रिजर्भ डे' हुने

भारत र पाकिस्तानबीचको यो खेलमा एक दिन 'रिजर्भ डे' हुने भएको छ । एशियन क्रिकेट काउन्सिल (एसीसी) ले कोलम्बोमा बर्षाको अनुमानपछि यो खेलमा एक दिन रिजर्भ दे हुने औपचारिक घोषणा गरको छ । जारी एशिया कपमा फाइनल बाहेक यस खेलको लागि मात्र 'रिजर्भ डे' को व्यवस्था गरिएको छ ।

कस्तो छ इतिहास ?

क्रिकेट फ्यानका लागि भारत र पाकिस्तानबीचको खेल बहुप्रतिक्षित नै हुने गर्दछ । यस पटक पनि एशिया कपमा भारत र पाकिस्तानको खेल प्रति सबै क्रिकेट फ्यानको नजर रहेको छ । भारत र पाकिस्तानबीचको खेललाई क्रिकेटको एल क्लासिको पनि भनिन्छ ।

एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा भारत र पाकिस्तान अहिलेसम्म १३३ पटक आमने सामने भएका छन् । जसमा पाकिस्तानले ७३ खेलमा जित हासिल गरेको छ भने भारतले ५५ खेलमा जितेको छ । त्यस्तै ५ खेलको नतिजा निस्केको छैन ।

त्यस्तै एशिया कपको इतिहासमा भने भारत र पाकिस्तान यसअघि १७ पटक आमने सामने भएका छन् । जसमा भारतले ९ खेल जितेको छ भने पाकिस्तानले ६ खेल जितेको छ । त्यस्तै २ खेल नतिजाविहिन बनेको थियो ।

पछिलो समयमा भारत र पाकिस्तानबीच आइसीसी र एसीसीका प्रतियोगितामा मात्र खेल हुने गरेका छन् । दुवैबीच २००७-०८ यता कुनै टेस्ट सिरिज भएको छैन । त्यसपछि २०१२-१३ मा पाकिस्तान टिमले भारतको टूर गरेपनि २ टी-२० र ३ एकदिवसीय खेलको सिरिज मात्र खेलेको थियो । यस टूरमा टेस्ट खेल खेलिएको थिएन ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै