• २०८१ बैशाख १७ सोमबार

एशिया कपको सुपर फोरमा बंगलादेशको लगातार दोस्रो हार

kharibot

काठमाडौँ । एशिया कपको सुपर चार अन्तर्गत श्रीलंकाले बंगलादेशलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा श्रीलंकाले बंगलादेशलाई २१ रनले पराजित गरेको हो ।

श्रीलंकाले दिएको २५८ रनको लक्ष्य पछाएको बंगलादेशले ४८.१ ओभरमा २३६ रन बनाउदै अल आउट भएपछि खेल २१ रनले हारेको हो ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाउदै २५७ रन बनाएको थियो ।

जारी एशिया कपको सुपर फोरमा बंगलादेशको यो लगातार दोस्रो हार हो । यसअघि पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो ।

अब बंगलादेशले भारतसँग सुपर फोरको अन्तिम खेल सेप्टेम्बर १५ मा खेल्ने छ । त्यस्तै श्रीलंकाले भने आफ्नो सुपर फोरको दोस्रो खेल पाकिस्तानविरुद्ध सेप्टेम्बर १४ मा खेल्ने छ ।

एशिया कपको सुपर फोर अन्तर्गत आज भारत र पाकिस्तानबीच खेल हुदै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै