• २०८१ बैशाख १५ शनिबार

सादगी र आस्थाले मन जितेका सुनक !

kharibot

काठमाडौँ । भारतमा आयोजित जी-२० शिखर सम्मेलन आइतबार सकिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनदेखि ब्राजिलका राष्ट्रपति लुला सिल्भासम्म सहभागी यस सम्मेलनमा बेलायती प्रधानमन्त्री ऋषि सुनकले सबैको ध्यान केन्द्रित गर्न सफल भए ।

बेलायती प्रधानमन्त्रीको अनन्त रंग सबैभन्दा बढी मिडियाको हेडलाइन र सामाजिक सञ्जालमा देखियो । भारत आउनुअघिदेखि भारतबाट फर्किदासम्म सुनक चर्चाको केन्द्रमा रहे । कुल जनसंख्याको केवल १.७ प्रतिशत हिन्दुको जनसंख्या रहेको बेलायतका हिन्दु प्रधानमन्त्री सुनक हिन्दु हुनुमा गर्व गर्ने कुरा पटक पटक बताउदै आएका छन् । जुन उनले यस पटकको भारत भ्रमणका क्रममा पनि देखाए ।

भारत भ्रमणअघि सुनकले एक विशेष अन्तर्वार्ता दिएका थिए । यसमा उनले आफ्नो भारतीय जरा र भारतसँगको सम्बन्धमा आफूलाई निकै गर्व रहेको बताए । उनले भने, ‘मेरी श्रीमती भारतीय हुन् र गर्व गर्ने हिन्दू भएको नाताले मेरो भारत र भारतका जनतासँग सधैं सम्बन्ध रहनेछ। मलाई मेरो भारतीय जरा र भारतसँगको मेरो सम्बन्धमा धेरै गर्व छ ।'

भारत पुगेपछि बेलायती प्रधानमन्त्री फेरि एकपटक सनातनलाई नमस्कार गर्दै देखिएका छन् । भारतमा उनले समाचार एजेन्सी एएनआईसँग कुराकानी गर्दै भने, ‘म हिन्दू हुनुमा गर्व गर्छु र म त्यसरी हुर्केको छु । आशा छ, म मेरो भारत भ्रमणमा पनि मन्दिरको दर्शन गर्न सक्षम हुनेछु। भर्खरै मेरा दिदीबहिनी र दाजुभाइ र मैले रक्षाबन्धन मनायौं। मसँग सबै राखीहरू छन्। तर, यसपटक समय अभावले जन्माष्टमी राम्ररी मनाउन सकिन । तर म मन्दिर गएर पक्कै पनि त्यसको पूर्ति गर्न सक्छु ।'

एएनआईसँगको कुराकानीमा सुनकले मन्दिरको दर्शन गर्ने आशा व्यक्त गरेका थिए । उनको आशा आइतबार पूरा भयो । ऋषि सुनक र उनकी पत्नी अक्षता मूर्ति आइतबार बिहान अक्षरधाम मन्दिर पुगेका थिए । मन्दिरको दर्शनसँगै दुवैले गोपूजा गरेका थिए भने प्रधानमन्त्री सुनकले नाडीमा कलव बाँधेर बसेका थिए । ऋषि र उनकी पत्नी ४५ मिनेटसम्म मन्दिरमा बसे ।

सुनक र उनकी पत्नी अक्षताले अक्षरधाम मन्दिरमा आफै छाता ओढेर प्रवेश गरेको, हात जोडेर पूजा गरेको र दुवैले आरती पनि गरेको तस्वीर सामाजिक सञ्जालमा भाइरल नै भयो । सुनकले भुइँमा शिर निहुराएर भगवानलाई प्रणाम गरे र उनले मन्दिरका पुजारीसँग तस्बिर पनि खिचाए ।

उनले मुख्य मन्दिर पछाडि रहेको अर्को मन्दिरमा जलाभिषेक गरे । अक्षरधाम मन्दिरका निर्देशक ज्योतिन्द्र दवेले आफ्नो आँखा र कर्ममा रहेको प्रेम र भक्ति साँच्चै नै भक्त भएको बताए ।

सुनक राजघाटमा खाली खुट्टा

जब सुनक राजघाटमा सनातनको दर्शन गर्दै पुगे, उनले फेरि सबैको मन जितेका थिए। महात्मा गान्धीलाई श्रद्धाञ्जली दिन सुनक नाङ्गो खुट्टा पुगेका थिए । उनको विश्वास र मूल्यमान्यताको प्रदर्शनले उनलाई भारतमा उनी चर्चाको विषय बनायो ।

बेलायती प्रधानमन्त्री ऋषि सुनक र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको तस्बिरको पनि चर्चा उत्तिकै भयो । बेलायती प्रधानमन्त्री सुनक आफ्नो घुँडा टेकेर बंगलादेशी समकक्षीसँग कुरा गरिरहेको देखिन्छ । यो तस्विरले इन्टरनेटमा धेरैलाई आकर्षित गरेको छ। मन छुने तस्विरलाई मानिसहरुले सामाजिक सञ्जालमा शेयर गरिरहेका छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सुनकले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई कति नम्रतापूर्वक भेटेका छन् भनेर लेखिरहेका छन् । एक प्रयोगकर्ताले लेखेका छन्, ‘ठूलो मानिसमा अहंकार हुँदैन ! बेलायती प्रधानमन्त्री ऋषि सुनकले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग कुराकानी गर्ने क्रममा भुइँमा घुँडाले टेकेर बसेको दृश्य रोचक देखिन्थ्यो ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै