• २०८१ बैशाख १६ आइतबार

भारतको कश्मीरमा आतंकवादीसँगको भिडन्तमा सेना र प्रहरीका तीन अधिकारीको मृत्यु

kharibot

काठमाडौँ । भारतको कश्मीरमा पछिल्लो ३ दिन भएको आतंकवादी भिडन्तमा ३ जना सेना र प्रहरी अधिकारी शहीद भएका छन् ।  घटनामा एक सिपाही बेपत्ता रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । 

कश्मीरको अनन्तनाग जिल्लाको गडोलमा ३ देखि ४ आतंककारीहरूको उपस्थितिको सूचना पाएपछि, सेना र पुलिसले मंगलबार साँझ संयुक्त अभियान सुरु गरेका थिए । 

१३ सेप्टेम्बर बुधबार बिहान फेरि खोजी सुरु गर्दा, आतंककारीहरूले घना जङ्गलमा आक्रमण गरेका थिए । उनीहरुले अन्धाधुन्ध गोली चलाएका थिए । जसका कारण १९ राष्ट्रिय राइफलका कमाण्डिङ अफिसर कर्नेल मनप्रीत सिंह, मेजर आशिष धौनचक र जम्मु कश्मीर प्रहरीका डीएसपी हुमायुन भाट शहीद भएका थिए । मनप्रीत मोहालीका थिए र मेजर आशिष पानीपतका थिए र भाट कश्मीरको बडगामका थिए ।

लश्कर-ए-तैयबासँग सम्बन्धित प्रतिबन्धित प्रतिरोधी मोर्चाले आक्रमणको जिम्मेवारी लिएको छ । यस घटनालाई कश्मीरमा विगत तीन वर्षमा यो सबैभन्दा ठूलो हमला भएको बताइएको छ । यसअघि ३० मार्च २०२० का दिन कश्मीरको हन्दवाडामा १८ घण्टा लामो आक्रमणमा कर्नेल, मेजर र सब–इन्स्पेक्टरसहित पाँचजना अधिकारी शहीद भएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय