• २०८१ बैशाख १६ आइतबार

निगमले पेट्रोलियम पदार्थको मुल्य फेरी बढायो

kharibot

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य फेरी बढाएको छ ।  शुक्रबार रातिबाट लागू हुनेगरी निगमले पेट्रोल, डिजल र मट्टीतेलको मुल्य बढाएको हो ।

निगमले इन्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएकाले समायोजन गरिएको बताउदै साविकको खुद्रा मूल्यमा पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर तीन रुपैयाँले मूल्य बढाएको जानकारी दिएको छ ।

समायोजित मूल्य अनुसार काठमाडौँमा पेट्रोल प्रति लिटर १८३ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टीतेल प्रति लिटर १७३ रुपैयाँ कायम भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय