• २०८१ बैशाख २२ शनिबार

राष्ट्रसङ्घको महासभामा जेलेन्स्कीको सम्बोधन, रुसले नरसंहार गरेको आरोप

kharibot

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले युक्रेनमा नरसंहार गरेको आरोप लगाएका छन् ।

संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभालाई सम्बोधन गर्दै जेलेन्स्कीले रुसले नरसंहार गरेको आरोप लगाउदै ‘शान्ति योजना’ प्रस्ताव गरेका छन् ।

सम्बोधनमा जेलेन्स्कीले रसियामा बसोबास गर्ने युक्रेनी बालबालिकालाई आफ्नो मातृभूमिलाई घृणा गर्न सिकाइएको दाबी समेत गरे । उनले युक्रेनी नागरिकको परिवारका सदस्यसँगको सबै सम्बन्ध तोडिएको पनि बताए ।

जेलेन्स्कीले भने- 'हामी (युक्रेनी) बालबालिकालाई घर फर्काउने प्रयास गरिरहेका छौं, तर समय सकिएको छ । उनीहरूलाई के हुन्छ ? रसियामा ती बालबालिकाहरूलाई युक्रेनलाई घृणा गर्ने भनिएको छ र उनीहरूको परिवारलाई सबैबाट अलग गरिएको छ । सम्बन्ध टुटेको छ । यो स्पष्ट रूपमा नरसंहार हो ।'

रुससँगको युद्धको बीचमा शान्ति योजना अगाडि बढाउँदै जेलेन्स्कीले आधुनिक इतिहासमा युद्धग्रस्त देशले आफ्नै शर्तमा आक्रामकता अन्त्य गर्ने मौका पाएको यो पहिलो पटक भएको बताए । जेलेन्स्कीले चेतावनी दिदै युक्रेनमा रुस सफल भएमा राष्ट्रसंघको महासभाका धेरै कुर्सी खालि हुने बताए ।

उनले रुसले खाद्यान्नलाई हतियार बनाएको आरोप लगाउदै युद्ध अपराध गर्नेलाई सजाय हुनुपर्ने, शरणार्थी बनेका युक्रेनी जनता घर फर्किन पाउनुपर्ने र आफ्नो भू-भाग कब्जा गरिएको तुरुन्त फिर्ता हुनुपर्ने माग विश्व समुदायसँग राखेका छन् ।

अमेरिकामा रहेका जेलेन्स्कीले यसै साता अमेरिकी राष्ट्रपति जो बाइडेनसँग पनि भेटवार्ता गर्ने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै