• २०८१ बैशाख १५ शनिबार

अमेरिकी विदेशमन्त्री ब्लिंकनले दिए संबिधान दिवसको शुभकामना

kharibot

काठमाडौँ  ।अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिंकनले अमेरिका र नेपालका नागरिक–नागरिकबीचको सम्बन्ध महत्वपूर्ण भएको बताएका छन् ।

नेपालको संविधान दिवस, २०८० का अवसरमा मङ्गलबार विदेशमन्त्री ब्लिंकनले शुभकामना दिदै दुवै देशको सम्बन्ध विस्तारले दुई देशबीच एकअर्कामा बुझ्न, सद्भाव र विश्वास विस्तारमा कोशेढुङ्गाको काम गरेको बताए ।

विदेशमन्त्री ब्लिंकनले सन्देशमा भनेका छन्- 'अमेरिकी जनताको तर्फबाट म नेपाली जनतालाई संविधान दिवसका अवसरमा हार्दिक बधाई ज्ञापन गर्दछु । आज हामी यस्तो विशेष दिन मनाउँदैछौँ, जसले हामीहरूबीचको सम्बन्ध र प्रतिबद्धताको नवीकरणमा अतुलनीय भूमिका निर्वाह गर्दै दुई देशबीच शान्ति, सहकार्य र पारस्परिक समृद्धिको विस्तार गर्नेछ ।'

'नेपालले हासिल गरेको उपलब्धि र दुई देशबीचको लामो मैत्रीपूर्ण सम्बन्धलाई यो क्षणमा म स्मरण गर्न चाहन्छु । अमेरिकी सरकार र नागरिकको तर्फबाट म तपाईँहरू सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु', विदेशमन्त्री ब्लिंकनद्वारा जारी सन्देशमा उल्लेख छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै