शहिद स्मारक ‘ए’ डिभिजन लिग ४ बर्षपछि फर्कियो, असोजदेखि माघसम्म हुने  

खरीबोट
ad

काठमाडौँ । एन्फाले ४ बर्षदेखि हुन नसकेको शहिद स्मारक ‘ए’ डिभिजन लिग संचालन गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको एन्फाको लिग कमिटिले ‘ए’ डिभिजन लिग गर्ने निर्णय गरेको हो । एन्फाका अनुसार लिग आगामी असोज १३ देखि माघ १६ सम्म संचालन हुने भएको छ ।

लिगमा ‘ए’ डिभिजनका सबै १४ टिमले भाग लिने छन् । ‘ए’ डिभिजन टिममा मनाङ मर्स्यांदी क्लब, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, नेपाल सशस्त्र प्रहरी टिम, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, संकटा क्लब, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टिम , ब्रिगेड ब्वायज, हिमालयन शेर्पा क्लब रहेका छन् ।

एन्फाको लिग कमिटिले हरेक क्लबले न्युनतम १८ र अधिकतम ३५ खेलाडी दर्ता गर्ने व्यवस्था गरेको जानकारी दिएको छ । त्यस्तै हरेक क्लबले ४ विदेशी खेलाडीलाई राख्न पाउने र एक खेलमा बढीमा ३ जना विदेशी खेलाडी खेलाउन आउने नियम बनाएको छ ।

साथै सबै टिमले भदौ १५, २०७५ अगाडी नै सबै खेलाडीको रजिष्ट्रेसन गराइसक्नुपर्ने जानकारी दिएको छ ।   
 

सम्बन्धित समाचार

 साफ यू–१८ महिला च्याम्पियनसिपमा उपविजेता टोलीलाई जनही पचास हजार

काठमाडौँ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले भूटानमा भएको साफ यू–१८ फुटबल च्याम्पियनसिपमा उपविजेता बन्न सफल भएको नेपाली महिला टोलीका प्रत्येक सदस्यलाई जनही रु ५० हजार दिने घोषणा गरेको छ

एन्फा प्रशिक्षकले क्लबमा काम गर्न नपाउने

काठमाडौँ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा प्रशिक्षकका रुपमा जागिर गरिरहेका व्यक्तिले व्यावसायिक क्लबमा काम गर्न नपाउने भएका छन् ।  बुधबार बसेको एन्फा कार्यसमितिको बैठकले व्यावसायिक क्लबमा प्रशिक्षक आबद्ध हुँदा एन्फाको आन्तरिक प्रशिक्षणमा

एन्फा निर्वाचनमा अनियमितता, आरोप प्रमाणित गर्न चुनौती

काठमाडौँ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को गत वैशाखमा भएको निर्वाचनमा लाखौँ रकम अनियमितता भएको आरोप लगाइएको छ ।  एन्फा निर्वाचन भएको करिब पाँच महिनापछि आज यहाँ आयोजित पत्रकार सम्मेलनमा एन्फाका पूर्वउपाध्यक्ष

बालगोपाल महर्जन राष्ट्रिय फुटबल टिमको कार्यवाहक प्रशिक्षक नियुक्त

काठमाडौं।  बालगोपाल महर्जन राष्ट्रिय फुटबल टिमको कार्यवाहक प्रशिक्षकमा नियुक्त भएका छन् ।  अखिल नेपाल फुटबल संघ एन्फाले जापानी प्रशिक्षक ग्योतुको कोजीको श्रमस्वीकृति म्याद सकिएका कारण नेपाल आउन नसक्ने भएपछि हाल सहायक


z