• २०८१ बैशाख २३ आइतबार

विमल घर्ती मगर पनि गए अस्ट्रेलिया !

kharibot

काठमाडौँ । राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगर पनि अस्ट्रेलियातर्फ लागेका छन् । लामो समयदेखि राष्ट्रिय टिमबाट खेलिरहेका विमल शुक्रबार अस्ट्रेलिया गएका हुन् । 

उनले राष्ट्रिय टिमबाट अहिलेसम्म४१ खेल खेल्दै ९ गोल गरेका छन् ।

एन्फा एकेडेमीका उत्पादन उनले सन् २०१२ मा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यु गरेका थिए।

सन् २०१५ मा नेपाललाई विमलले आफ्नो कप्तानीमा पहिलो यु-१९ साफ च्याम्पियनसिप जिताएका थिए । 

पछिल्लो समय नेपाली फुटबल खेलाडी पलायन हुनेक्रमको पछिल्लो कडी विमल बनेका छन् । अहिलेसम्म चार दर्जन भन्दा बढी नेपाली खेलाडी सुखद भविष्यको लागि अस्ट्रेलिया पुगेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै