• २०८१ बैशाख २३ आइतबार

सुपर लिग खेल्न विमल घर्तीमगर नेपाल फर्किने

kharibot

काठमाडौं । अस्ट्रेलिया गएका नेपाली फरवार्ड विमल घर्तीमगर नेपाल सुपर लिग (एनएसएल) खेल्न नेपाल फर्किने भएका छन् । विमललाई सुपर लिग क्लब चितवन एफसीले ‘आइकोनिक प्लेयर’ को रुपमा टिममा राखेको हो ।

विमलले सामाजिक संजाल मार्फत चितवन एफसीलाई धन्यवाद दिदै आफु सुपर लिग खेल्न नेपाल फर्किने जानकारी दिएका हुन् ।

विमलले सामाजिक सञ्जालमा लेखेका छन्, “जिन्दगीमा अनेकौँ उत्तरचढाव आउँछन् । उमेरको बड्दो क्रमसँगै जिम्मेवारी र व्यावहारिकपन पनि बढ्ने रहेछ । त्यसैक्रममा आफ्नो र परिवारको उज्ज्वल भविश्य बनाउनको निम्ति आफ्नो प्राणप्यारो देशप्रतिको माया र लगावलाई एकछिन थाँती राखेर अष्ट्रेलिया आउने निधो गरेँ । तर पनि मलाई माया गरेर पुनः मलाई आउँदै गरेको नेपाल सुपर लिगमा आइकनिक प्लेयरको रुपमा फेरि पनि आफ्नो माटोमा खेल्ने सुवर्ण मौका दिनुभएकोमा चितवन एफसीलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । यो अवसर सिर्जना गरिदिनु हुने आदरणीय व्यक्तित्वलगायत मेरा सम्पूर्ण शुभचिन्तकहरुमा हार्दिक नमन टक्र्याउन चाहन्छु । जय नेपाल, जय नेपाली फुटबल ।”

यसअघि, उनलाई ललितपुर सिटी एफसीले मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको भएपनि विमलले सो सम्झौता रद्द गर्दै गत शुक्रबार अस्ट्रेलियातर्फ गएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै