• २०८१ बैशाख १७ सोमबार

दशैंको अग्रिम टिकट बुकिङ असोज २२ देखि खुल्ने

kharibot

काठमाडौं । दशैंका लागि सार्वजनिक सवारी साधनमा अग्रिम बुकिङ २२ असोजबाट खुल्ने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच शुक्रबार भएको छलफलले २२ असोजबाट चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको हो । पुरानै भाडा कायम राखेर दशैका लागि अग्रिम टिकट बुकिङ खोल्ने सहमति भएको छ ।

वर्षाका कारण बिग्रेका सडकको मर्मत तत्काल गर्न मन्त्री ज्वालाले निर्देशन दिएको मन्त्री ज्वालाको सचिवालयले जानकारी दिएको छ ।

यसअघि यातायात व्यवसायीले भने निरन्तर वर्षाका कारण बाटो बिग्रिएका कारण दशैंका लागि अग्रिम टिकट बुकिङ खुलाउन समस्या परेको बताएका थिए । व्यवसायीले बाटो बिग्रेको बताए पनि उनीहरुले भाडा बढाउन दबाब दिन अग्रिम बुकिङ खोल्न आनाकानी गरिरहेका थिए ।

प्रत्येक वर्ष चाडपर्वमा लाखौँ व्यक्ति काठमाडौँ छाड्ने गरेका छन् । हाल काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कबाट लामो तथा मध्यम दूरीका सवारीसाधन देशका ६५ भन्दा बढी जिल्लामा सञ्चालन हुँदै आएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै