• २०८१ बैशाख २६ बुधबार

कपिलवस्तु फुटबल संघ र चन्द पोलिक्लिनिकबीच सम्झौता

kharibot

कपिलवस्तु । जिल्ला फुटबल संघ, कपिलवस्तु र चन्द पोलिक्लिनिकबीच सम्झौता भएको छ ।

सम्झौता चन्द पोलिक्लिनिकले कपिलवस्तु- ११ का सम्पूर्ण खेलाडीहरुलाई फार्मेसी बाहेक निशुल्क उपचार गर्ने भएको छ । साथै यस पोलिक्लिनिकमा खेलाडीका परिवारलाई फार्मेसी बाहेकका अन्य उपचारमा २० प्रतिशतसम्म छुट दिने सहमति भएको छ ।

यो सम्झौता दुई बर्षका लागि गरिएको जिल्ला फुटबल संघ कपिलवस्तुका अध्यक्ष तिलक थापाले खरीबोटलाई जानकारी दिएका छन् ।

सहमति पत्रमा कपिलवस्तु फुटबल संघका अध्यक्ष थापा र चन्द पोलिक्लिनिकका डा. दिपेन्द्र चन्दले हस्ताक्षर गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै