• २०८१ बैशाख २८ शुक्रबार

सुन तस्करी प्रकरण- राहुल महरासहित ४ जनाविरूद्ध मुद्दा दायर

kharibot

काठमाडौं । सरकारी वकिलको कार्यालय काठमाडौंले सुन तस्करी प्रकरणमा राहुल महरासहित चारजनाविरूद्ध मुद्दा दायर गरेको छ ।

इलेक्ट्रिक चुरोट (भेप)भित्र ९ किलो सुन तस्करी गरी ल्याएको आरोपमा राहुल महरासहित चारजनाविरूद्ध बुधबार मुद्दा दायर गरेको हो ।

चारजना प्रतिवादीमध्ये तीनजना पक्राउ परेका छन् भने एकजना फरार छन् ।

पक्राउ परेका प्रतिवादीहरुमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल, काठमाडौंको नागार्जुन लोकेन्द्रकुमार पौडेल र  बेल्जियमका नागरिक दावा छिरिङ रहेका छन् ।

प्रतिवादी बौद्धका निमा गुरूङ फरार छन् । उनीहरूविरूद्ध  आपराधिक विश्वासघात, भन्सार चोरी पैठारी तथा संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दायर भएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै